शम्भुनाथ नगरपालिका प्रमुख गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ताविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा नगर प्रमुख गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।
घूस लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर भएसँगै नगर प्रमुख गुप्ता निलम्बित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्