तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बसेको बैठकले आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको नेकपा एसका महासचिव डा बेदुराम भुषालले जानकारी दिनुभयो । 

राष्ट्रपति पदमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी परेको छ । निर्वाचन यही फागुन २५ गते हुँदैछ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button