तपाईँ सुन्दै हुनुहुन्छः

इलाका प्रहरी कार्यालय टीकापुरमा २२ दिनमा १० लागुऔषध सम्बन्धी मुद्दा दर्ता, १३ जना पक्राउ

टीकापुर, कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरमा २२ दिनमा १० वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन् । बुधबार पत्रकारसँगको साक्षात्कारमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले २२ दिनमा १० मुद्दा दर्ता भएका र त्यसमा संलग्न १३ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

त्यो अवधिमा सार्वजनिक हित विरुद्धका ३, झुण्डी आत्महत्याका २, बैङ्किङ कसुर, मुद्दा सम्बन्धी कसुर, सवारी ज्यान र चोरीका १/१ ओटा मुद्दा दर्ता भएका छन् ।  ९ जना लागु औषध सेवनकर्ता बालबालिकालाई सम्झाई बुझाई छोडेको र रात्रिको समयमा शङ्कास्पद रुपमा हिँड्ने १७४ जनालाई पनि पक्राउ गरिएको प्रमुख भाटले जानकारी दिनुभयो । 

यो क्षेत्रमा लागु औषध र गुण्डागर्दी बढी देखिएकाले त्यसलाई नियन्त्रण गर्नको लागि आफु कानुनसंगत ढंगले अगाडी बढ्ने र त्यसमा सबै नागरिकले साथ दिनुपर्ने उहाँले बताउनुभयो । 

साक्षात्कारका क्रममा बोल्दै प्रमुख भाटले आफू कुनै राजनीतिक दलसँग नजिक र टाढाको दुरी नराखी समान व्यवहार गरी काम गर्ने बताउनुभयो । त्यसमा राजनीतिक दलले पनि अनावश्यक रुपमा दबाब दिन नहुने बताउनु भयो । 

प्रमुख भाटले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरीलाई सूचना आवश्यक पर्ने भएकाले आफूले पाएको सूचना प्रहरीलाई दिन समेत नागरिकलाई आग्रह गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button