रुपन्देहीमा ७ महिनामा १४ जना प्रहरी कारवाहीमा
रुपन्देही । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८।७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन् । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरीक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, २ जना प्रहरी नायब निरीक्षक, १ जना प्रहरी वरीष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो । यस्तै यसै अवधिमा ६ जनाले राजिनामा, ४ इन्सपेक्टरसहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले जनाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्