तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुने

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन महिनायता रोकिएको अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुनेभएको छ । 

यहाँबाट जेठ २ गतेदेखि पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले मौसममा प्रतिकुल समस्या आएपछि पुस महिनादेखि उडान रोकेको थियो । जजिराले २५ फागुनदेखि सुचारु गर्ने उडानको तालिका सार्वजनिक गरेपछि अब उडान नियमित हुनेभएको । जजिरा एयरवेजले २५ फागुनदेखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार भैरहवाबाट कुवेतका लागि मङ्गलवार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको  एकतर्फी भाडा कायम गरेको  छ ।

निजी क्षेत्रले यहाँबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button