पर्सेली पत्रकारिताको ७ दशकलाई समेटेर स्मारिका प्रकाशन गरिने
वीरगञ्ज । पर्साको पत्रकारिताको ७ दशकलाई समेटेर नेपाल पत्रकार महासङ्घ पर्साले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासङ्घ पर्साको आज सम्पन्न बैठकले ७० वर्षमा पर्साको पत्रकारिताको विगत र वर्तमानलाई दर्शाउने उद्देश्यले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासङ्घ पर्साका पूर्व अध्यक्ष शत्रुधन नेपालको संयोजकत्वमा महेश दास, महेश गौतम, युवराज खड्का, भूषण यादव रहेको प्रकाशन समिति गठन गरिएको छ ।
समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार जगदिश शर्मा, शङ्कर खतिवडा, गया यादव, चन्द्रकिशोर झा रहनुभएको छ । यसैगरी महासङ्घको भौतिक निर्माण कार्य प्रगतिमा रहनुको साथै आम सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि चैतको पहिलो साता चितवनको सौराहामा तिन दिने आवासीय तालिम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
यस्तै दिवङ्गत भएका शाखाका कार्यसमिति सदस्य नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षय कोषको खाता नबिल बैङ्कमा खोलिएको र सो खातामा पूर्व निर्णय अनुसारको १ लाख ५१ हजार रकम जम्मा गर्ने निर्णय बैठकले गरेको महासङ्घका सचिव भूषण यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्