राष्ट्रपति–सभामुख भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले मंगलबार भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराउनुभएको थियो ।
आईपीयुको १४६औँ बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दै हुनुहुन्छ ।
आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा शहरमा हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्