राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता पौडेलको जित सुनिश्चित : अध्यक्ष नेपाल

सुर्खेत । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हालै राजनीतिमा आएको परिवर्तनले देशमा नयाँ राजनीति कोर्स शुरु भएको बताउनुभएको छ ।
आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राजनीतिको कोर्स नै बद्लिँदा अब देश तथा पार्टीका लागि थप चुनौती बढेको बताउनुभयो ।
नयाँ आठ दलको समर्थनसहित राष्ट्रपति पदका लागि उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको उल्लेख गर्नुहुँदै उहाँले चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताउनुभयो ।

अध्यक्ष नेपालले नयाँ अवस्था सिर्जना भएर आठ दलको समर्थन कांग्रेसका उम्मेदवारको पक्षमा भएकाले राष्ट्रपति पदमा अपेक्षित परिणाम आउन लागेको बताउनुभयो ।
स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचन हुनुभन्दा केही समय अगाडि मात्र पार्टीको निर्माण भएकाले अपेक्षाअनुसार परिणाम नआएको उल्लेख गर्नुहुँदै उहाँले एक महिने पार्टी सुदृढीकरणले पार्टीको सङ्गठन सुधार र मजबुत बनाउने अभियानमा आफु अहिले जुटेको उहाँको भनाइ थियो ।
उहाँले हालै बनेको नयाँ आठ दलीय गठबन्धन नै आउँदो ५ वर्षसम्म ढुक्कले चल्ने दाबी समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्