तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : दुई वटा विषयगत समितिको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुई वटा विषयगत समितिको प्रतिवेदन पेश भएको छ । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा.वेदुराम भुषालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्नुभयो ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल थापा (पार्वती)ले समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/०७७ र २०७७/०७७ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ सभामा पेश गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको  ब्यहोरा जानकारी गराउनुभयो । 

यसैगरी, अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गर्नुभएको राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको मनोनयनलाई बैठकले अनुमोदन गरेको छ ।  

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमवार १ बजेर १ मिनेटमा बस्ने छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button