तपाईँ सुन्दै हुनुहुन्छः

विचार मिल्नेसँग पार्टी एकता हुन्छ : महरा

सल्यान । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले विचार मिल्नेसँग पार्टी एकता हुने बताउनुभएको छ ।

सल्यानको बागचौरमा २८ औँ बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष महाराले नेकपा माओवादी केन्द्रले दुई महिने अभियान सञ्चालन गर्ने र छलफल गरेर विचार मिल्नेसँग पार्टी एकताको प्रक्रिया अघि बढाउने बताउनुभयो ।

त्यस अवसरमा उहाँले सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो । सहिदहरूले देखाएको बाटोमा पार्टी सधैँ हिँड्ने र सहिदहरूलाई कहिले पनि बिर्सन नसक्ने उहाँको भनाई छ ।

एक अर्को प्रसङ्गमा महराले धेरै कोणबाट गरिएको अनुसन्धानपछि राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने निष्कर्षमा माओवादी पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button