राष्ट्रियसभा बैठक : सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ ।
फागुन १३ गते प्रतिनिधिसभा सदस्य शहनाज रहमानको ६३ वर्षको उमेरमा निधन भएपछि राष्ट्रियसभाको बैठकबाट शोक प्रस्ताव पारित गरेको हो ।
राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव सुनाउनुभएको थियो ।
जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रहमान समानुपातिक सांसद बन्नुभएको थियो ।
राष्ट्रियसभाको बैठकमा शहनाज रहमानप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक फागुन १५ गते सोमवार १२ बजेर ३१ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।







प्रतिक्रिया राख्नुहोस्