तपाईँ सुन्दै हुनुहुन्छः

ओलीसहितको टोली उम्मेदवार दर्ता गर्न बानेश्वरमा

काठमाडौं । नेकपा एमाले राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता गर्न नयाँ बानेश्वर पुगेको छ। निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली उम्मेदवार दर्ता गर्न बानेश्वर पुगेको हो।

एमाले पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताहुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button