तपाईँ सुन्दै हुनुहुन्छः

बारामा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता सुरु

बारा । बाराको जीतपुरमा आजदेखि दुई दिने जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । प्रतियोगितामा २० देखि ६७ किलो वजनका खेलाडीहरूको सहभागिता रहेको छ । जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगितामा जिल्लाका ३ सय ८० खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ, मेडल र शिल्ड प्रदान प्रदान गरिने जीतपुर डोजो शाखाका अध्यक्ष मनोज साहले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभर करिब ४ लाख ३५ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button