तीन दलका नेताहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) को तीन दलीय बैठक नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जर्नादन शर्मा र शक्ति बस्नेत सहभागी हुनुहुन्छ । जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्छ भने समाजवादीका तर्फबाट अध्यक्ष माधव कुमार नेपाल, प्रकाश ज्वाला, बेदुराम भुसाल र घनश्याम भुसाल सहभागी हुनुभएको प्रधानमन्त्रीका फोटोग्राफर प्रदीपराज वन्तले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रपति निर्वाचनका साथै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्