तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ । 

बालकोटस्थित अध्यक्ष ओली निवास पुग्नुभएका राजदूत श्रीवास्तव र ओलीबीच दुई देशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ । 

करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिनुभएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button