कैलालीमा आजदेखि हात्तीपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान शुरु

धनगढी । कैलालीमा आजदेखि ११ औँ हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान शुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धनगढीमा एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्नुभयो । उहाँले ढुक्क भएर औँषधी सेवन गर्न सवैलाई आग्रह गर्नुभयो ।
यहीँ फागुन २५ गते सम्म संंचालन हुने आम औँषधी सेवन अभियान जिल्लाका १३ वटै स्थानीय तहमा एकसाथ शुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियान संचालनका लागी स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविका परिचालन भएका छन् । सवै वडामा तोकिएका बुथ केन्द्रबाट औषधी सेवन गर्ने ब्यवस्था मिलाईएको छ । कैलालीमा करिव ९ लाखलाई हात्तिपाईले रोग बिरुद्धको औषधी सेवन गराईने लक्ष्य रहेकोे फोकल पर्सन मिनबहादुर धामीले बताउनुभयो ।
यद्यपी दुई बर्ष मुनीका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, दिर्घ रोगीलाई औषधी नखुवाईने बताईएको छ ।








प्रतिक्रिया राख्नुहोस्