तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनु पर्छ : मन्त्री किराँती

भोजपुर । नयाँ राष्ट्रपतिको चर्चा चलिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा चयन हुनुपर्ने बताउनु भएको छ ।  राष्ट्रपति बनाउनमा राष्ट्रिय सहमतिको विकल्प नभएको पनि मन्त्री किराँतीको भनाई रहेको छ । 

मन्त्री भए पछि पहिलो पटक गृह जिल्ला भोजपुर आउने क्रममा मन्त्री किराँतीले बुधबार सङ्खुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनेमा दुई मत नभएकाले सबैले स्वीकार गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने बताउनुभयो । काँग्रेसलाई राष्ट्रपति दिँदा सहमति हुनसक्ने बताउँदै मन्त्री किराँतीले राष्ट्रपति बनाउन राष्ट्रिय सहमति गर्दा एमाले पनि सहमत हुनुपर्ने उल्लेख गर्नुभयो । 

मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको पनि बताउनुभयो ।  नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,’ मन्त्री किराँतीले भन्नुभयो, “अरू देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button