राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि आज बुधबार बागलुङ आउनुहुने क्रम तय भएको हो ।
उहाँ बिहान १० बजे मन्दिर आउने कार्यक्रम रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले मन्दिरमा करिब आधा घण्टा पूजा गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष खड्काले बताउनुभयो । राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत बागलुङ आउनु हुनेछ ।
कालिका मन्दिरलाई अहिले पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्