तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल आज सोमबार पोखराबाट काठमाडौं आउनुभएलगत्तै सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुवै नेताबीच भेटवार्ता भएको हो ।

उहाँहरूबीच करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ । यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताबीच भेटवार्ता बाक्लिएको छ ।

प्रधानमन्त्री दाहाल नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button