बुढासुब्बा गोल्डकपको २३ औँ संस्करण यही फागुन १३ गतेदेखि हुने

सुनसरी । बुढासुब्बा गोल्डकपको २३ औँ संस्करण यही फागुन १३ गतेदेखि हुने भएको छ ।
धरान फुटबल क्लबले फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने जनाएको हो । क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगितामा ८ वटा क्लबहरू सहभागी हुनेछन् ।
केबिपिएस बङ्गलादेश, एभेनियर एफसी क्यामरुन, युके एफसी भारत, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी हुने राईले बताउनुभयो ।

प्रतियोगितामा १ करोड ९ लाख ५० हजार आय हुने अनुमान गरिएको र जसमध्ये ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ ।
साथै, उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जनाउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्