चितवनमा ५३ किलो गाँजासहित दुईजना नियन्त्रणमा
चितवन । चितवनमा ५३ केजी गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर नगरपालिका वडा नम्बर १६ का बर्ष ३० का अर्जुन दर्जी र अर्का नाबालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज राती १ बजे राप्ती नगरपालिका वडा नम्बर १ स्थित सडकखण्ड अन्तर्गत पिप्लेबाट लोथरतर्फ जांंँदै गरेको बा ३ च २५०४ नम्बरको टाटा डिआई गाडीमा लुकाइछिपाई ल्याएको अवस्थामा उक्त परिमाणमा गाँजा बरामद गरिएको हो ।
नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्