तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाद्वारा टर्कीलाई १० करोड डलर बराबरको मानवीय सहायता घोषणा 

काठमाडौं । अमेरिकाले टर्कीलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने घोषणा गरेको छ । 

गत फेब्रुअरी ६मा आएको विनाशकारी भूकम्प पछि टर्कीको भ्रमणमा पुग्नु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उक्त मानवीय सहायताको घोषणा गर्नुभएको हो । 

यसैबीच टर्कीले आफ्नो दुई अति प्रभावित प्रान्तबाहेक अरू ठाउँमा भूकम्पमा पुरिएकाको खोजी कार्य बन्द गरेको छ । 

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४ हजार नाघेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button