सप्तरीको छिन्नमस्तामा भोलिदेखि अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुँदै

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा भोलि सोमवारदेखि अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु हुने भएको छ ।
महाशिवरात्रिको अवसरमा करिब ५ वर्षदेखि कुस्ती प्रतियोगिता हुँदै आएको वडा अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिनुभयो ।
सुरुदेखि नै अन्तर्राष्ट्रिय स्तरका पहलमानहरू बोलाई स्थानीयहरूकै आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुँदै आएको र पछिल्लो समय वडा कार्यालयको आर्थिक सहयोगमा कुस्ती प्रतियोगिताका भइरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
फागुन ८ गतेदेखि ११ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी करिब २१ जना पहलमानको सहभागिता रहने छ ।








प्रतिक्रिया राख्नुहोस्