तपाईँ सुन्दै हुनुहुन्छः

फोहोर फालेपछि एनआइसी एसिया बैकलाई ११ हजार जरिवाना

वीरगंज । वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियान विरुद्ध पटक पटक चेतावनी दिँदा समेत सडकमा फोहोर फाल्ने एन आइ सी एसिया बैक वीरगंज शाखालाई अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना गरिएको छ ।  

महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एन आई सी एसिया बैकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना गरिएको वीरगंज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँ ले जानकारी दिनुभयो ।

बैक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटक पटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फ्यालिएको भेटिएमा २५ हजार देखि २ लाखसम्म जरिवाना गरिने वीरगंज महानगरपालिकाका वृक्षारोपण सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानले बताउनुभयो । 

वीरगंज महानगरपालिकाले सरसफाइमा प्राथमिकता मा राखी अभियान नै चलाएको खेतानले बताउनुभयो । ५ सय रुपैयाँ बाट सुरु गरेको जरिवाना १ हजार, ५ हजार हुँदै आज एन आइ सी एसिया बैक वीरगंज शाखालाई  ११ हजार जरिवाना गरेको यो पहिलो हो । 

महानगरले विगत एक साता यता नगर क्षेत्र भित्र जथाभाबी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवाना सहित कारबाही गरेको खेतानले बताउनु भयो । जरिवाना गर्न थालिएपछि वीरगंजको मुख्य बजार क्षेत्रको सरसफाईमा उल्लेख्य सुधार आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button