तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा यात्रुवाहक बस दुर्घटना, ३० जना यात्रु घाइते : थप विवरण आउन बाँकी  

कास्की । पोखराको डाँडानाक चौकी अगाडि लेखनाथमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । 

बेगनासबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस डाँडानाक चौकी अगाडि लेखनाथस्थित खोलामा खसेको हो । ग १ ख ६७४७ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा पनि ३० घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरू मध्ये  ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको उद्धार भएको छ । घाइतेहरूको उपचारका लागि पोखरा गण्डकी अस्पताल ल्याउने तयारी गरिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button