एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादीले आफ्नो पार्टीलाई सहयोग गर्ने बताउनुभएको छ ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने बताउनुभयो । अहिलेको समीकरणले राष्ट्रपति को हुन्छ भन्ने कुरा पहिले नै तय भइसकेकाले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति हुने उहाँको भनाई छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ भन्ने विषमयमा अहिलेसम्म कसैको नाम आफूले नलिएको भन्नुहुँदै फागुन १३ गते मनोनयन दर्ताका दिन एमालेले राष्ट्रपतिको उम्मेदवारको नाम बाहिर ल्याउने उल्लेख गर्नुभयो ।
उहाँले अहिलेको समीकरण सबै कुरा सोचेर सम्झेर बनेकाले कसैले भन्दैमा यो समीकरण नटुट्ने बताउनुभयो । उहाँले धेरै कुरा सोचेर यो समीकरण बनेकाले समीकरण नटुट्ने पनि बताउनुभयो ।
एक प्रश्नमा उहाँले २ सय ४० वर्ष सम्म राजतन्त्रले देश चलाउँदा जनताका लागी केही गर्न नसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्