तपाईँ सुन्दै हुनुहुन्छः

सीमा सुरक्षार्थ खटिएका दुई जना सशस्त्र प्रहरीमाथि भारतीय नागरिकको दुर्व्यवहार

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवमा सीमा सुरक्षार्थ खटिएका दुई जना सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण तथा दुर्व्यवहार गरेका छन् ।

महाशिवरात्रिको अवसरमा ब्रह्मदेव स्थित मन्दिरमा लागेको मेला भर्न आएका भारतीय नागरिकहरूले गएराति मादक पदार्थ सेवन गरी सशस्त्र प्रहरीमाथि आक्रमण तथा दुर्व्यवहार गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जानकारी दिनुभयो ।

सीमा सुरक्षामा खटिएका बोर्डर आउट पोष्ट (बीओपी) ब्रह्मदेवका दुई सशस्त्र प्रहरीमाथि आक्रमण तथा दुर्व्यवहार गर्ने ६ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button