तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको शिवालयहरूमा भक्तजनको घुइँचो

सप्तरी । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व सप्तरी जिल्लामा पनि भगवान् शिवको पूजा आराधना एवं दर्शन गरी मनाइँदै छ । 

हिन्दुहरूको महान् पर्व महाशिवरात्रिका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा आज बिहानैदेखि हिन्दु धर्मावलम्वी भक्तजनहरूको उल्लेख्य मात्रामा भिड लागेको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका १२ धरमपुरस्थित ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको धर्मेश्वर महादेव मन्दिरमा बिहानै देखि पूजापाठ गर्ने भक्तजनहरूको भिड लागेको छ ।

बिहान ४ बजेदेखि फूल माला, बेलपत्र, ,धतुरो, मिष्ठान्न तथा विभिन्न किसिमका फलफूलसहित रङ्गीचङ्गी भेसभुसामा सजिएर महिला, पुरुष ,बृद्धबृद्धा र बालबालिकाहरू धर्मेश्वर महादेव मन्दिरमा दर्शनका लागि लामबद्ध भएर बसेका थिए । 

यसैगरी, राजबिराजको हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुइँचो लागेको छ । सो अवसरमा हरिनन्देश्वर महादेव मन्दिर संरक्षण समितिले भक्तजनहरूका लाई पूजा गर्न स्वयंसेवक परिचालन गरी व्यवस्थापन मिलाएको समितिले जनाएको छ ।

यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । 

आजको दिन रुद्रिपाठ गर्ने, लाख बत्ती बाल्ने र भव्यरुपमा मेला समेत लाग्ने गरेको पाइन्छ ।

त्यसैगरी, जिल्लाकै शम्भुनाथ नगरपालिका स्थित रहेको शम्भुनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरूले पूजाआजा गरेका छन् । विभिन्न ध्वजापताकाले सिँगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यको सुपौल र मधुवनी जिल्लालगायत शहरी तथा ग्रामीण क्षेत्रका धर्मालम्वीहरु बिहानैदेखि दर्शनका लागि सहभागी भएका छन् ।

त्यस्तै, सप्तकोशी नगरपालिका फत्तेपुर स्थित शिवालय, कञ्चनरुप –६ बलुवा स्थित रहेको भजनेश्वर महादेव मन्दिर, कञ्चनरुप –८ स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप–१२ रुपनगरस्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, राजविराज १ मा रहेको शिवालय मन्दिर, महादेव गाउँपालिकास्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी २ मा रहेको महादेव मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिरमा समेत बिहानैदेखि पूजापाठ गर्ने भक्तजनहरूको उल्लेख्य मात्रामा घुइँचो लागेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button