तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेनलाई

कास्की  । पोखरामा आयोजित १७औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जित्नुभएको छ । 

उहाँले यो उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।  

पोखरा रङ्गशालाबाट सुरु भएको दौडमा उहाँले निर्धारित ४२.१९५ किमीको दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्न सफल हुनुभएको । स्टेफेनले उपाधि जित्दै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।

यस्तै, आज भएको महिला हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाइ प्रथम हुनुभएको छ ।  

उहाँले २१ किलोमिटरको दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गर्नुभयो । महिला हाफ म्याराथनका विजेता राजपुराले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button