तपाईँ सुन्दै हुनुहुन्छः

जीर्ण बन्दै सुनसरी मोरङ सिंचाई आयोजनाका संरचना

विराटनगर । नेपालकै ठुलो र पुरानो   सुनसरी मोरङ सिंचाई आयोजनाका संरचना जीर्ण बन्न थालेका छन् । सो आयोजनाले  मोरङमा २८ हजार तथा  सुनसरी जिल्लामा ४० हजार गरी  ६८ हजार हेक्टर जग्गामा सिंचाई  पु¥याउदै आएको छ ।  ५३  वर्ष अघि निमार्ण भएका  नहरका संरचना   पुन निमार्ण नगर्दै जाने हो भने आगामी दिनमा सिंचाई  समेत प्रभावित हुने देखिन्छ  ।

५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर , प्रशाखा नहर तथा कुलो कुलेसो गरि सो आयोजनाको नहरको लम्बाइ १५सय  किलोमिटर भन्दा बढी  छ । सिंचाईकालागी नहरमा एक हजार बढी संरचना रहेकोमा धेरै संरचना जीर्ण र पुराना छन् ।

सन् १९७० मा भारत सरकारले निमार्ण गरेको सो आयोजना पाचवर्ष परीक्षणको  रुपमा सञ्चालनपछि सन १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यो बेलाको प्रविधि अनुसार सबै संरचना इँटाको प्रयोग गरेर निमार्ण गरिएको थियो । पानी मुनी इँटाको आयु ५० वर्ष हुन्छ । 

नेपालकै सबैभन्दा पुरानो र ठुलो सो सिंचाईआयोजना  आगामी भविष्यसम्म सञ्चालनका लागी आयोजनाको  वृह्द निमार्ण र सुधार आवश्यक रहेको सुनसरी मोरङ सिंचाई आयोजना विराटनगरका प्रमुख भिलानन्द यादवले बताउनुभयो । आयोजनको पुर्न संरचनाका लागी ठुलो बजेट आवश्यक हुने भन्नुहुँदै  आवश्यकता अनुसार संरचना निमार्ण नगर्दै जाने हो भने पछि गएर पानी सञ्चालनमा निकै कठिनाइ आउन सक्ने आयोजना प्रमुख यादवको भनाई छ ।   

उपलब्ध गराइको बजेट अनुसार  आवश्यक र जोखिम पूर्ण स्थानमा  आयोजनाले काम गरिरहेको छ । यो वर्ष जोखिमपूर्ण स्थानका पहिचान गरेर सुनसरीको चतरा, रामधुनी,हरिनगर, शंखरपुर तथा सितागन्ज शाखा नहर  र मोरङको बाहुनी तथा विराटनगर शाखामा आवश्यक काम गर्नुका साथै सुनसरीको खनारमा वर्षायाममा घरहरू डुबान हुने गरेकाले पानीको निकासका लागी   नयाँ संरचना निमार्ण गरेर त्यसलाई व्यवस्थित बनाएको आयोजना प्रमुख यादवको भनाई छ । 

आयोजनाका  झमनपुर शाखा अध्यक्ष सन्तोष साहले किसानको खेतबारीमा   सहज रूपले सिचाइ पु¥याउन नहरको पुर्न निमार्ण आवश्यक रहेको बताउनुभयो । वर्षा याममा कतिपय संरचना भत्किने र बिग्रने गरेकाले जोखिम मोलेर सिचाई गर्नु परिरहेको उहाँको भनाई छ । 

सुनसरीको चतरा स्थित कोसी नदीमा आयोजनाको मुल नहरको मुहान जोडिएको छ । मुख्य नहरमा अहिले ५७ क्युसेक पानी सञ्चालनमा आएको छ । धानवालीको सिजनमा ५७ तथा गहुँवालीको सिजनमा ३५ क्युसेक पानी नहरमा सञ्चालनमा छ ।

आयोजनाका कारण सुनसरी तथा मोरङ जिल्लाका डेढ लाख भन्दा बढी किसान लाभान्वित छन् । नहरले गर्दा किसानले  वर्षमा तिन वाली लगाएर उत्पादन गरिरहेका छन्  ।  यसरी मोरङ र सुनसरीका किसानको भाग्य भविष्यसँग जोडिएको सो नहरलाई पुर्न निमार्ण र व्यवस्थित गन समयमै ध्यान जानु जरुरी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button