तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउँछौँ: मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउने बताउनुभएको छ ।

मोरङको ग्रामथान गाउँपालिकाको बाह्रौँ गाउँ सभालाई सम्बोधन गर्दै मन्त्री मोदीले कतिपय कर्मचारी वर्षौँसम्म एकै कार्यालयमा रहने र सरुवा पनि सुगम ठाउँमा मात्रै माग्ने विकृति देखिएको भन्दै कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउन छलफल भइरहेको जानकारी दिनुभयो ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई केन्द्रले खटाउने कि प्रदेशलाई खटाउन दिने भन्ने विषयमा पनि छलफल भइरहेको मन्त्री मोदीको भनाई छ । संघीय निजामती ऐनमार्फत सबै विषयहरूलाई व्यवस्थित बनाइने उहाँले बताउनुभयो ।

अर्को फरक प्रसङ्गमा मन्त्री मोदीले आफूले पार्टीगत आस्थाको आधारमा कसैलाई विभेद नगर्ने बताउनुभयो ।

मोरङ ४(१) का प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले स्थानीय तहले उत्पादनको क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो । लक्ष्यअनुसार योजना बनाएर अगाडि बढ्न प्रदेश सांसद चौधरीको आग्रह थियो ।

गाउँ सभामा गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह लगायतले पनि धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button