तपाईँ सुन्दै हुनुहुन्छः

सांसद भण्डारीकी आमाको निधन

काठमाडौं । ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

बुधबार राती ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तर औपचारिक घोषणा गर्न बाँकी रहेको पारिवारिक स्रोतले जनाएको छ । 

काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी  ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते हुनुभएको थियो ।

प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका  भण्डारी र उहाँकी ८६ वर्षीया आमालाई सिभिल अस्पताल हुँदै कीर्तिपुर अस्पताल लगेर आइसियुमा उपचार थालिएको थियो।

घटनामा घाइते हुनुभएका सांसद भण्डारीलाई  भने थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button