भण्डारीको स्वास्थ्य अवस्था बारे सभामुखको चासो
काठमाडौं । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भई घाइते हुनुभएका सांसद चन्द्र भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्था बारे सभामुख देवराज घिमिरेले जानकारी लिनुभएको छ ।
सभामुख घिमिरेले आज बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग टेलिफोन गरी उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हाे ।
उहाँले उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराउनुभएको छ । सभामुख घिमिरेले सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा हरिकलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्