तपाईँ सुन्दै हुनुहुन्छः

दिगो विकास तथा सुशासन समिति बैठक : ५२ वटा निर्देशन मध्ये ३० वटामात्रै कार्यान्वयन

काठमाडौँ । राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिको निर्णय, निर्देशन, कार्यान्वयन अवस्था अध्ययन उपसमितिको प्रतिवेदन २०७९ माथि छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा उपसमितिद्वारा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक महेश कुमार महराले ५२ वटा निर्देशन रहेकामा ३० वटा मात्रै कार्यान्वयन नभएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह र भौतिक योजना मन्त्रालय र राष्ट्रिय योजना आयोग निर्देशन कार्यान्वयन नभएका रहेको संयोजक महराले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले शान्ति, सुव्यवस्था र सुशासनमा केन्द्रित रहेर आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button