राप्ती नदीमा एक पुरुष शव फेला
चितवन । राप्ती नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का प्रशन्न न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीस्थित राप्ती नदीमा शव तैरिरहेको अवस्थामा माझीले देखेर प्रहरीलाई खबर गरेका थिए ।
हाल, उक्त स्थानमा ईलाका प्रहरी टाँडीबाट प्रहरी नायब उपरीक्षक कमाण्डमा अनुसन्धान टोली पुगेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्