गठबन्धन काँग्रेसको कारण टुटेको हो, राष्ट्रपतिमा साझा व्यक्ती खोजौँ : माधव नेपाल

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा साझा व्यक्तीको खोजी भइरहेको बताउनु भएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपालले देश विकास र स्थिरताको लागी स्थायी सरकार निमार्ण गर्न र संविधानको रक्षा गर्न साझा व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्नु पर्ने बताउनु भयो ।
पोखरामा समाजवादी प्रेस सङ्गठनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी भइरहेको तर जित हार जे भए पनि उम्मेदवारी दिने पक्षमा आफ्नो पाटी नरहेको बताउनु भयो
उहाँले नेपाली कांग्रेसका कारण निवार्चनमा भएको गठबन्धन टुटेको बताउँदै एकिकृत समाजवादी पाटी विचार मिल्नेहरूसँग मोर्चा बन्दी गर्न तयार रहेको बताउनु भयो ।
राष्ट्रपति चुनावमा आफ्नो पार्टीको भूमिका सकारात्मक हुने बताउँदै देशलाई प्रतिगामी दिशामा जान नदिने उहाँले बताउनुभयो । उहाँले पार्टी एकता गर्ने विषयमा विप्लव नेतृत्वको नेकपासहित विभिन्न पार्टीका नेतासँग छलफल भइरहेको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्