मेयर कप फुटबल : दुहबी १२ द्वारा दुहबी ९ पराजित
सुनसरी । पाँचौँ मेयर कप फुटबल प्रतियोगिता अन्तरगत सुनसरीको दुहबीमा आज भएको दोस्रो प्रिक्वाटर फाइनल खेलमा दुहबी १२ दुहबी ९ लाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

वडा नम्बर १२ का खेलाडी महानन्द राजवंशीले खेलको ८ औँ मिनेटमा पहिलो गोल गरे । खेलको ३६ औँ मिनेटमा अजय कुमार चौधरीले दोस्रो तथा ६३ औँ मिनेटमा नगेन्द्र चौधरी तेस्रो गोल गरेका थिए ।

खेलका उत्कृष्ट खेलाडी दुहबी १२ का सुगम श्रेष्ठलाई खेलका प्रमुख अतिथि दुहबी नगरपालिकाका ९ का अध्यक्ष मेहदी हुसेन र १२ का अध्यक्ष रामचन्द्र चौधरीले २ हजार नगद तथा मेडल प्रदान गर्नुभयो ।
भोलि तेस्रो प्रिक्वाटर खेल वडा नम्बर ५ र ८ बिच हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्