तपाईँ सुन्दै हुनुहुन्छः

सेजभित्र निर्माणाधीन भवनको ढलान खस्यो

बारा । बाराको सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणाधीन प्रदर्शनी भवनको ढलान खसेको छ ।

करोडौँको लागतमा जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान भइरहेका बेला ढलान खस्दा दुई मजदुर घाइते भएका छन् ।

सेजका इन्जिनियर अजय चौधरीले घटनाको विषयमा केन्द्रलाई जानकारी गराइएको र केन्द्रबाट विज्ञ टोली छानबिनका लागी जानकारी दिनुभयो । चौधरीले ठुलो प्रदर्शनी हलको ढलान गर्दा अपनाउनुपर्ने सावधानी ठेकेदार कम्पनीले नअपनाएका कारण दुर्घटना भएको बताउनुभयो । उहाँले क्षतिको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीले लिनुपर्ने बताउनुभयो ।

भवन निर्माणको जिम्मा काठमाडौँको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button