तपाईँ सुन्दै हुनुहुन्छः

वित्तीय सङ्घीयता प्रभावकारी हुन सकेन: मुख्यमन्त्री शर्मा

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश स्तरमा वित्तीय सङ्घीयता कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

नयाँ संविधानपछि प्रदेश र स्थानीय तहमा राजनीतिक सङ्घीयता पुगे पनि वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन नसकेको उहाँको भनाई छ ।

मुख्यमन्त्री निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला रुकुम पश्चिम पुग्नुभएका मुख्यमन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाले सदरमुकाम खलंगामा मङ्गलवार गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button