सप्तरीमा अन्तर्राष्ट्रिय अश्वमेघ यज्ञ हुने
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको छ। डाक्नेश्वरी नगरपालिका-५ पातो बजारमा स्थानीयहरूको सहयोगमा श्री श्री १०८ श्री रामचरित्र मानस अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको हो ।

महायज्ञ आयोजक समितिले राजविराजमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी अगामी चैत २ गतेदेखि १२ गतेसम्म महायज्ञ हुने जनाएको छ । महायज्ञ स्थल सीमावर्ती क्षेत्र क्षेत्रमा हुने भएकोले नेपाल तथा भारतका गरी लाखौँको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने आयोजक समितिका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिनुभयो।
महायज्ञमा १ सय ५१ मूर्ति लिला, वृन्दावन अयोध्याधाम एवं नेपालका प्रसिद्ध सन्तका दर्शन, प्रत्येक दिन साँझ ६ बजेदेखि इलेक्ट्रोनिक माध्यमबाट राम लिला, झाँकी प्रदर्शन गरिने, दैनिक ३ बजेसम्म धार्मिक प्रवचन, प्रत्येक दिन १ बजेदेखि राती १० बजेसम्म गौतम राशलिला लगायतका विभिन्न कार्यक्रमहरू गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।








प्रतिक्रिया राख्नुहोस्