तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्रीसँग नेपालका लागि नर्वेली राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत (Torun Dramdal ) तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

मन्त्रालयमा आज भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको छ । 

यस अवसरमा शिक्षा, स्वास्थ्य, लैङ्गिक सहभागिता लगायतका क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्र मन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिनुभयो । 

भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाउनुभयो ।   

दक्षिण कोरियाका राजदूत भेट
आजै परराष्ट्र मन्त्री डा.पौड्यालसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत (Jo Yong  Man ) योङ म्यानले शिष्टाचार भेट गर्नुभएको छ । 

भेटवार्तामा परराष्ट्र मन्त्री डा.पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल  सदैव कुनै पनि प्रकारको द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बताउनुभयो । 

यस अवसरमा राजदूत योङ म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायित्वको पक्षमा रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button