तपाईँ सुन्दै हुनुहुन्छः

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं। समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकमा मन्त्रिपरिषद् पूर्णताबारे यसअघिको बैठकमा पनि छलफल भएकाले आज पनि त्यसमा छलफल हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button