तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकमा बलियो गठबन्धन आवश्यक : नेता सिंह

दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्व, सङ्घीयता लगायतका उपलब्धि कार्यान्वयन र मुलुकको हितका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताउनुभयो ।

नेता सिंहले कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्यअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button