खेलाडीलाई प्रोत्साहन प्रदान गर्न पाचौं मेयर कप : प्रमुख गच्छदार
सुनसरी । फुटबल खेलाडीलाई प्रोत्साहित गर्न सुनसरीको दुहबीमा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार दुहबी नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि नगर प्रमुख वेदनारायण गच्छदारले नगरभित्र बसोबास गर्ने बासिन्दाहरूबिच एकआपसमा परिचय, मित्रता, आपसी सद्भाव र हरेक वडामा फुटबलको महत्त्व तथा फुटबल खेलाडीलाई प्रोत्साहित गर्न पाचौं मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो ।
पत्रकार सम्मेलन मार्फत् फागुन १ देखि १२ गतेसम्म पाचौं मेयर कप फुटबल प्रतियोगिता हुने जानकारी दिइयो ।

नगर प्रमुख गच्छदारले स्थानीय खेलाडीहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले मेयर कप सुरु गरिएको बताउनुहुँदै दुहबीमा फुटबल एकेडेमी बनाउने अवधारणा अघि सारेको बताउनुभयो ।
प्रतियोगिताको संयोजन एलेभेन एरोज क्लब दुहबीले गर्ने क्लबका अध्यक्ष दिपक राईले जानकारी दिनुभयो । प्रतियोगितामा दुहबीका नगर क्षेत्रका १२ वडाले प्रतिस्पर्धा गर्नेछन् । प्रथम हुने टिमलाई १ लाख २५ हजार २ सय २२ रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
दोस्रो हुने टिमलाई ७५ हजार हजार २ सय २२ रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्