तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरी कला संस्कृतिको बारेमा प्रशिक्षण

वीरगञ्ज । नेपाल भोजपुरी समाजले वीरगञ्जको सुन्दर मल रामकुमार कन्या माविमा भोजपुरी कला संस्कृतिको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, विद्यालयका प्र.अ अनिता साह, समाजका उपाध्यक्ष रितुराज पटेल, कोषाध्यक्ष अशोक कुश्वाहा, सञ्चारकर्मी सञ्जय गुप्ता, राज कुमार सरार्फ, त्रिलोकी पटेल, दिनेश मिश्र लगायतको सहभागिता रहेको थियो ।

समाजले प्रत्येक साताको शुक्रबार हरेका सामुदायिक विद्यालयमा गई सचेतना अभियान सञ्चालन गर्ने गरेको र यो दोस्रो अङ्क रहेको सचिव राजेन्द्र सिंह राजपुतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button