उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक : मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल

काठमाडौँ । सत्ता साझेदार दलहरूको सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दल सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउनेलगायत सरकार सञ्चालनको विषयमा छलफल भएको हो ।
संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे भने कुनै छलफल भएको थिएन ।
बैठकमा विगतको समीक्षा, आगामी योजनालगायत समसामयिक राजनीतिक विषय वस्तुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।
बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्