तपाईँ सुन्दै हुनुहुन्छः

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

काठमाडौं । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्न लागेको हो ।

यसअघि बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button