तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, शपथ भोलि

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ । उहाँलाई आज साँझ प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाइ पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कांग्रेसको संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

Exif_JPEG_420

शाहले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नवनियुक्त मुख्यमन्त्री शाह कैलाली क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

आज मुख्यमन्त्री बन्नुभएका शाहले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button