सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त, विश्वासको मतको प्रस्ताव ध्वनीमतले अस्वीकृत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासकाे मतका लागि प्रस्तुत गर्नु भएको प्रस्ताव प्रदेशसभा बैठकले अस्वीकृत गरेको छ ।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतका लागि मुख्यमन्त्रीले प्रस्तुत गर्नुको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्नुभयो ।
त्यसअघि सभामुख भण्डारीले उक्त प्रस्ताव छलफलका लागि बैठकमा निर्णयार्थ पेस गर्दै प्रस्तावको पक्षमा हुन्छ भन्ने भन्दा हुन्न भन्नेको ध्वनीमत ठूलो सुनिएकाले प्रस्ताव अस्वीकृत भएको बताउनुभयो ।
यस्तै प्रदेश सभाहल परिसरमा पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाले गरेको निर्णय स्वीकार गर्दै आफूले तत्काल राजीनामा दिन लागेको बताउनुभयो ।
योसँगै प्रदेशसभामा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।








प्रतिक्रिया राख्नुहोस्