प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
पार्टीको सचिवालय बैठक सकेर अध्यक्ष ओली प्रधानमन्त्री दाहालसँग भेट गर्न सिंहदरबार पुग्नुभएको हो।
उहाँहरुबीच भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।







प्रतिक्रिया राख्नुहोस्